प्रधानमन्त्री दावी गरेका काँग्रेस नेता शशांकले भने म मन्त्री बन्दिन





नवलपुर । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा नवलपुर निर्वाचन क्षेत्र नं १ का संघिय सांसद डा. शशांक कोईरालाले अब बन्ने नयाँ सरकारमा आफु मन्त्री नहुने तर अन्यलाई मन्त्री बनाउने किङमेकरको रुपमा प्रस्तुत हुने बताएका छन् ।

नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालको चौथो वार्षिकत्सवको कार्यक्रममा प्रमुख अतिथि रहेका कोईरालाले उक्त कुरा बताएका हुन् । कोईरालाले आफु मन्त्री हुन राजनिति नगरेको तर बाध्यकारी अवस्था आए जुनै मन्त्रालय भएपनि स्वीकार्ने बताए ।


चौथो पटक नवलपुर १ बाट संघिय सासंदमा चुनिएका कोईरालाले आफ्नो क्षत्रमा धेरै काम गर्न बाकि रहेको र ति अधुरा कामहरु चरणबद्द रुपमा गर्नेपनि बताए ।

जिल्ला अस्पतालको वार्षिकत्सवमा सहभागी हुन आएका कोईरालाले अस्पतालक आपतकालीन कक्षमा रहेका बिरामीको समेत निरिक्षण गरेका थिए ।
१५ सैयाको जिल्ला अस्पतालको रुपमा स्थापना भएको अस्पताल हाल सय सैयाको अस्पतालमा रुपान्तार हुने क्रममा रहेको छ । मध्यविन्दु जिल्ला अस्पतालमा विशेषज्ञ सहितको अपरेसन सेवा, दन्त उपचार सेवा , फिजियोथेरापी सेवा, पेडियाट्रिक सेवा, डायलाईसिस सेवा लगायत दुई दर्जन भन्दा धेरै सेवा दिदै आएको छ ।

मध्यविन्दु जिल्ला अस्पतालको चौथो बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

bite dr sashank koirala




सम्बन्धित
Loading...