सडक निर्माणमा ढिलो भएको भन्दै डण्डामा स्थानीयले गरे विरोध





नवलपरासी । सडक निर्माणमा ठेकेदार पक्षले चरम लापरवाही र ढिलासुस्ती गरेको भन्दै स्थानीयले नवलपुरको कावासोती १६ डण्डामा चक्काजाम गरेका छन्।

डण्डाका स्थानीय बासीले आज डण्डामा नाराबाजी सहित चक्का जाम गरेका हुन् । चाईना स्टेट कम्पनी मुर्दाबाद भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।




बुटवल नारायण सडक खण्ड निर्माण शुरू गरेको ४ बर्षमा जम्मा २५ प्रतिशत काम भएको छ । सडक निर्माण ढिलो हुँदा सडक धुलाम्य हुने, दुर्घटना हुने, सवारी दुर्घटना हुने गरेको छ ।




सम्बन्धित
Loading...