क्यान्सर पिडितद्वारा सहयोगको अपिल


गोपी ज्ञवाली —




नवलपरासी, चैत २ गते । पश्चिम नवलपरासी वर्दघाट नगरपालिका कुकुरमाराका क्यान्सर रोगबाट पिडित बनेका तारा बहादुर रुचालले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगका लागि अपिल गर्नु भएको छ ।

पुर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वार्ड नम्बर ३ रोकुवामा जन्मनु भएका ५८ वर्षीय तारा बहादुर रुचाल पछिल्लो १७ महिना देखी क्यान्सर रोगबाट संक्रमित हुदै आउनु भएको तारा बहादुर रुचालकी श्रीमति ईन्द्रमाया रुचालले बताउनु भएको छ ।




बर्तमान राज्य ब्यावस्था ल्याउनका लागि माओवादी आन्दोलनमा लामो समय संलग्न भएका रुचाल शंकटकालको समय २०६१ देखी दुई वर्ष सम्मा जेल जिवन विताएको थियो ।

किसान परिवारका रुचाल अहिले क्यान्सर रोगबाट पिडित हुनु भएको छ । लामो समय सम्म राजनैतिक आन्दोलनमा लागेका कारण अहिले वहाँको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका कारण क्यान्सर जस्तो जटिल रोगको उपचारका लागि आर्थिक अभाव झेलदै आएको रुचाल परिवारले आर्थिक सहयोगको अपिल गर्नु भएको तारा रुचालले पत्रकार सामु अनुरोध गर्नु भएको छ ।

२०६१ साल जेठ ५ गते तात्किालिन शाही नेपाली सेनाले वहाँलाई वहाँको घरबाट नै गिरफतार गरी लामो समय सम्म चरम यातना दिएका कारण अहिले क्यासनर पिडित रुचाल अहिले पनि शरिरका विभिन्न स्थान विभिन्न प्रकारका समस्याहरुबाट ग्रस्त हुन्हुन्छ ।
वहाँको परिवारमा दुई श्रीमति र ३ छोराहरु रहेका छन ।

दलित विपन्न परिवारका रुचाललाई अहिले क्यान्सर जस्तो जटिल रोगबाट बच्नका लागि आवश्यक उपचार एवं पोषणयुक्त खाना खान समेत समस्या भएका कारण विभिन्न संघसंस्थाहरु एवं मनकारी ब्याक्तिहरुसंग आर्थिक सहयोगको अपिल गर्नु भएको छ ।

पश्चिम नवलपरासी वर्दघाट निवासी ५८ वर्षीय क्यान्सर पिडित तारा रुचाल ।



सम्बन्धित
Loading...