थारुकल्याण कारिणी सभा कावासोतीको अध्यक्षमा विकन कुमारी महतो





कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा थारु कल्याण कारिणी सभा कावासोतीको तेस्रो नगर अधिवेशन भएको छ ।

अधिवेशनले विकन कुमारी महतोको अध्यक्षतामा १५ सदस्य नगर समिति चयन गरेको छ ।




समिति सर्वसम्मत रुपमा चयन गरेको हो । जसको उपसभापतिमा जितबहादुर महतो, निशा थनेत, राजबहादुर महतो चयन भएका छन् ।

त्यसैगरी सचिवमा छन्नुराम महतो, सहसचिवमा बाबुराम महतो, कोषाध्यक्षमा रविना महतो, सदस्यहरुमा सुस्मिता महतो, शिवराज थनेत, धनबहादुर महतो, तीर्थराज महतो लगायत चयन भएका छन् ।




सम्बन्धित
Loading...