नवलपुरमा दुर्घटना स्कूले बालक गम्भीर घाइते



नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० भैसाखोरीमा मोटरसाइकलको ठक्करबाट एक जना स्कूले विद्यार्थी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ग २१ प ८५५८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लक्ष्मी माविको कक्षा १० मा अध्ययनरत १६ बर्षीय विद्यार्थी आकाश श्रेष्ठ गम्भीर घाइते भएका हुन् । उनको टाउको र खुट्टामा चोट लागेको छ ।



त्यसैगरी दुर्घटनामा परी मोटरसाइकल चालक तनहुको भिमाद नगरपालिका ५ घिरिङ निवासी ३४ बर्षीय नविन थापा पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको भरतपुरमा उपचार भईरहेको छ ।



सम्बन्धित
Loading...