कावासोतीको २ स्थानमा चोरी





कावासोती । पूर्वी नवलपरासीको कावासोतीको २ स्थानमा चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरकाप अनुसार कावासोती १६ सात घरेमा नविना रिमालको घर चोरी भएको छ ।




रिमालको घर आधा तोलाको सुनको औठी र ४ तोला बराबरको चाँदी चोरी भएको हो । घरका मानिस खेतमा गएको बेला चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कावासोती ८ कल्याण टोल बस्ने जनक नेपालको घर पनि चोरी भएको छ ।

घर कोही नभएको अवस्थामा घरको ताला फोडी दराजबाट २५ हजार रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गरी चोरको खोजी गरिरहेको जनाएको छ ।




सम्बन्धित
Loading...