राष्ट्रसेवक सहकारी सस्थाहरुको गण्डकी प्रदेश स्तरीय प्रथम भेला
आज नवलपुरपुरको पिप्रहर होमस्टेमा नेपाल निजामती कर्मचारी संगठनको अभिभावत्वमा संचालित राष्ट्रसेवक सहकारी लि.को आज र भोलि दुई दिन सम्म संचालन हुने गरि प्रदेश भेलाको आयोजना गरिएको हो ।
नेपाल सरकारको सेवामा रहेर, सेवा गरि रहेका तथा सेवा निर्भित हरुको सहभागी हुने गरि राष्ट्रसेवक सहकारी सस्था लि. खोलिएको जनाइएको छ ।
कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटा अध्यक्षतामा सुरु भएको कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला प्रमुख अतिथि हुनु हुन्थ्यो कार्यक्रममा निजामती कर्मचारी संगठनका उपाध्यक्ष रेवन्त गौतम संगठन कै महासचिव जीवन काफ्ले संगै नवलपुर जिल्ला समन्वय प्रमुख बाबू राम बिश्वकर्मा, कावासोती नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसाल, देबचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, मध्यबिन्दु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञान प्रसाद पनेरु, ने .क .पा.एमालेका नवलपुर जिल्ला अध्यक्ष मुक्ति राम पाण्डे, सहित निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रदेश सदस्य विभिन्न जिल्लाका जिल्ला प्रतिनिधि समेतको उपस्थिति रहेको थियोे ।
उत्घाटन सत्रमा जिल्लामा विभिन्न ब्यक्ति हरु सहित कार्यक्रमका अतिथी ,विशेष अतिथि, विशिष्ट अतिथि, र प्रमुख अतिथि ज्युले गण्डकी प्रदेश भेलालाई शुभकामना दिएका थिए ।
कार्यक्रम भोलि शनिबार गण्डकी घोषणा पत्र जारी गर्दै सकिने छ ।
निजामती कर्मचारी सहकारी लि. ले अहिले सम्म ६८ जिल्लामा संगठन बिस्तार गर्दै करिब २५,००० शेर सदस्य सहित ३ अर्ब पुजि संकलन गरि कारोबार गरि रहेको जानकारी नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य तथा नवलपुर इन्चार्ज केशव भटराईले जानकारी दिए।