कावासोतीमा तेक्वान्दोको ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण
रामकुमार श्रेष्ठ –
कावासोती । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा आज कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ ।
कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा भएको कार्यक्रममा कावासोतीका ६० जनालाई ब्ल्याक बेल्ट वितरण गरिएको थियो ।
त्यसैगरी जुनियर बेल्ट अन्तरगत करिब २ सय ५० जनालाई बेल्ट प्रमोशन गरिएको कावासोती तेक्वान्दो डोजाङ्गका अध्यक्ष तेजबहादुर कुवर क्षेत्रीले बताए । त्यसैगरी कार्याक्रममा अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलका प्रथम, द्वितीय र तृतीय भएका कावासोतीका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो ।
कावासोती ३ का वडा अध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष खड्कबहादुर गुरुङ, गण्डकी प्रदेश सचिव सुरज ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, शिद्धार्थ आवासीय माविका कलादेवी दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष इन्द्रबहादुर राना, उपाध्यक्ष कृष्णमान श्रेष्ठ, खेलाडी सहभागी विद्यालयका शिक्षक तथा अभिभावकहरु लगायतको सहभागिता रहेको थियो ।
कावासोतीमा शिद्धार्थ आवासीय मावि, नोबेल एकेडमी, गण्डकी आवासीय मावि, लर्ड बुद्ध इङ्गलिस बोडिङ्ग स्कुल, सहिद स्मृति मावि, जीवन ज्योति मावि र भाट्टटोलका खेलाडीहरुको बेल्ट प्रमोशन गरिएको थियो ।