१७ बुदे नवलपुर घोषणा पत्र जागरी गर्दै सकियो निजामती कर्मचारी सहकारीहरुको प्रदेश भेला
गोविन्द नेपाली —
नवलपुर — शुक्रबार देखि नवलपुरको देबचुली स्थित पिप्रहर सामुदायिक होमस्टेमा संचालन भएको निजामती कर्मचारी सहकारीहरुको गण्डकी प्रदेश स्तरिय भेला १७ बुदे नवलपुर घोषणा पत्र जारी गर्दै सकिएको छ ।
भेलाले १३ सदस्यीय प्रदेश सहकारी समन्वय समिति गठन गरेको छ । जस्को संयोजकमा बागलुङका घन श्याम सापकोटा रहेका छ्न ।
भेलाले १७ बुदे नवलपुर घोषणा पत्र पनि जारी गरेको छ । निजामति कर्मचारी सहकारीले अहिले सम्म देश भर ६८ जिल्लामा सहकारी स्थापना गरेको, सहकारीमा २५ हजार भन्दा बढी सदस्य रहेको, यसको कुला पुजि ३ अर्ब भन्दा बढी रहेको नेपाल निजामती कर्मचारी संगठनका सहकारी बिभाग प्रमुख रेवन्त गौतमले जानकारी दिए।
नवलपुर जिल्लामा पनि छिटै निजामती कर्मचारी सहकारी खोलि नवलपुरमा सेवा प्रदान गर्दै निजामती कर्मचारीलाई सहकारी मार्फत नेपाल निजामती कर्मचारी संगठन वृद्धि गर्ने लक्ष्य रहेको उनले बताए ।
नेपाल निजामती कर्मचारी संगठन नवलपुर जिल्ला अध्यक्ष कमल प्रसाद पोख्रेलले सहकारीले नेपाल निजामती कर्मचारी संगठनले भोलिदेखि नै आ— आफ्नो कार्यलयमा सेवाग्राहीलाई नमस्कार अभियान चलाउने नीति समेत प्रदेश भेलाले पास गरेको छ ।
आगामी मंसिरमा हुने राष्ट्रिय भेलामा २०५ सदस्य सहित सहकारीको पुजि समेत वृद्धि गर्दै अब सहकारी बचत तथा ऋण भन्दा माथी उठ्दै राष्ट्रिय गौरवको आयोजनामा पनि लगानी गर्ने सोचमा निजामती कर्मचारी सहकारी रहेको जानकारी नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटाले जानकारी दिए ।
भेलाको उत्घाटन कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइराला प्रमुख अतिथि रहेका थिए ।