कावासोतीको कुमारवर्ती क्याम्पसमा सत्ता गठबन्धन विद्यार्थी प्यानल विजयी





कावासोती — पूर्वी नवलपरासीको कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा भारी मतान्तरले सत्ता गठबन्धन दलको विद्यार्थी प्यानल विजयी भएको छ । सभापतिमा नेविसंघका सुदिप चापागाईं, सचिवमा कुमार सिंजाली मगर, कोषाध्यक्ष वर्षा खरेल निर्वाचित भएका छन् ।

चापागाईंले २ सय २९ मत ल्याउँदा प्रतिस्पर्धी अनेरास्ववियुका गौरव अधिकारीले ३९ मत पाए । यहाँ नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यानल बनाएर चुनावमा होमिएका थिए । निर्वाचन समितिका अनुसार यहाँ विजयी टिमले दुई तिहाईभन्दा बढी मत ल्याएको छ ।




सचिवमा नेविसंघका कुमार सिंजाली मगरले २ सय १७ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सृजना पौडेलले ४९ मत ल्याए । कोषाध्यक्षमा नेविसंघका वर्षा खरेलले २ सय १२ मत ल्याएर विजयी भए । अनेरास्ववियुका सलिना भण्डारी ४५ मत ल्याएर पराजित भए ।

खुला सदस्यहरुमा सृजना श्रेष्ठ , कृष्ण रिजाल र लोकमाया दर्लामी मगर निर्वाचित भए । समानुपातिकतर्फ सदस्यमा नेविसंघकै पवन भुर्तेल , रेखा बस्याल , प्रतीक भुसाल , सीता न्यौपाने र सुशील महतो निर्वाचित भए ।

यसअघि नै तीनवटा क्याम्पसमा निर्विरोध समिति चयन भैसकेको छ । कालिका बिद्यापिठ, एसपिएम कलेज गैंडाकोटमा नेविसंघको प्यानलनै निर्विरोध भैसकेको छ भने अरुणखोला बहुमुखी क्याम्पसमा गोला तानेर निर्वाचन परिणाम घोषणा गरिएको हो ।

नवजागरण बहुमुखी क्याम्पसमा स्थगित

विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएको चोरमारास्थित नवजागरण बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित भएको छ । नेविसंघले नयाँ विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै एमाले निकट अखिलले क्याम्पसमा तालाबन्दी गरेकाले निर्वाचन हुन नसकेको हो ।




सम्बन्धित
Loading...