गैंडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्युु

गैंडाको आक्रमणबाट नवलपुरमा १ जनाको मृत्युु



रामकुमार श्रेष्ठ –
नवलपरासी – पूर्वी नवलपरासीकाे देवचुलीमा गैंडाको आक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ ।

महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी देवचुली नगरपालिका वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगरलाई दिउँसो २ बजेतिर आक्रमण गरेको स्थानीयले बताए ।



पृथ्वीनगर खेलमैदानबाट घाँसे मैदानमा जाने क्रममा गैंडाको आक्रमण गरेको थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।

देवचुली ९ र १० मा बारम्बार गैंडाले बाली क्षति गरिरहेको र स्थानीयद्वारा निकुञ्जमा नियन्त्रणको अनुरोध गर्दा चासो नदिएको स्थानीयले बताए ।



सम्बन्धित
Loading...