मृगौला, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार दिइने
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरपालिका भित्रका मृगौला रोगी, क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका रोगीहरुलाई उपचार खर्च वापत प्रति महिना ५ हजार रुपैया दिने भएको छ ।
कावासोती नगरपालिकाले विहीबार एक सूचना जारी गरी सम्बन्धित विरामीहरुले वडा कार्यालयमार्फत सिफारिस सहित आउन अनुरोध गरेको छ ।