दुम्किबासकाे क्याफेमा आगलागी, १२ लाख बढीकाे क्षति





नवलपुर । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी १ दुम्किबासकाे गिल्ली क्याफेमा आगलागी भएकाे छ ।

आगलागीबाट क्याफे जलेर नष्ट भएकाे र १२ लाख बढीकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकले जनाए ।




थमन बहादुर गुरूङले सञ्चालन गर्दै आएकाे क्याफेमा आगलागि भएकाे हाे । राति पाैने १२ बजेतिरबाट आगलागी भएकाे हाे ।

आगो विनयी त्रिवेणी गाउँपालिकाबाट ५ वटा पावर सिलिण्डर, पानी टंकी टेक्टरले आगो नियन्त्रणमा लिगेको र पछि कावासाेती र बर्दघाट नगरपालिकाकाे दमकल आएर आगो पूर्ण रूपमा नियन्त्रणमा लिएकाे स्थानीय संगम गिरीले बताए।

आगलागीबाट मानवीय क्षति भने भएकाे छैन ।




सम्बन्धित
Loading...