आधारभूत तहको परीक्षाफलमा कावासोतीका सामुदायिक विद्यालय संस्थागत विद्यालय भन्दा अब्बल (सूची सहित)


रामकुमार श्रेष्ठ —
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा कावासोती नगरपालिकाले लिने कक्षा ५ को नगर स्तरीय शिकाई उपलब्धी परीक्षामा निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालय अब्बल देखिएको छ ।




नगरपालिकाले नगरपालिका भित्र रहेका विद्यालयहरुको शिकाई उपलब्धी मापन गर्नका लागि नगरपालिकाले बर्षेनी कक्षा ५ र कक्षा ८ को परीक्षा लिने गर्दछ । जसमा यस बर्षको परीक्षामा कावासोती भित्र रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयगरी ५३ वटा विद्यालयमा कावासोती २ को नवदुर्गा आधारभूत विद्यालय प्रथम भएको छ ।

त्यसैगरी कावासोती १७ को सनसाइन आवासीय मावि द्वितीय, कावासोती १६ को नवलपुर एकेडमी तृतीय भएको छ ।


यता नगरपालिका भित्रका कक्षा ५ को परीक्षा दिएका १ हजार ७ सय १ जना विद्यार्थीलाई उछिन्दै ४२ जना विद्यार्थी उत्कृष्ठ १० भित्र परेका छन् । जसमा उत्कृष्ठ १ मा कावासोती १२ को राजरत्न प्रा.वि र कावासोती १७ त्रिभुवन बाल माविका १÷१ जना गरी दुई जना विद्यार्थी उत्कृष्ठ १ मा पर्न सफल भएका छन् ।

त्यसैगरी उत्कृष्ठ २ मा कावासोती १२ कै राजरत्न प्रा.वि. का विद्यार्थी परेका छन् भने उत्कृष्ठ ३ मा कावासोती १७ कै त्रिभुवन बाल माविका १ जना विद्यार्थी र कावासोती ८ ज्ञानोदय माविका १ जना विद्यार्थी पर्न सफल भएका छन् ।

कावासोतीका ५३ वटा विद्यालयका शिकाई उपलब्धी

टप टेपमा परेका विद्यार्थीहरु




सम्बन्धित
Loading...