नवलपुरकाे कालीगण्डकी काेरिडाेरबाट बस खस्याे, ९ जना घाइते


रामकुमार श्रेष्ठ –




नवलपुर । नवलपुरकाे गैँडाकोट नगरपालिका ३ ताराखोलामा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । गैडाकोटको तारङखोलास्थित करिडोरमा मंगलबार साँझ साढे ६ बजे बस दुर्घटना परेको हो ।

चितवनबाट भ्रमणको लागि गएको बा २ ख ७५८३ नम्बरको नवलपुरको बुलिङटार गाउँपालिका ६ घुमाउरीघाट घुमेर फर्कने क्रममा ब्रेकफेल भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।




बस सडकको बायाँ साइडमा पल्टिँदा बसमा सवार करिव २७ जना यात्रुमध्ये ९ जना घाइते भएका हुन् । घाइतेहरुको नाम ठेगाना खुलेको छैन ।

घाइतेहरुलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।




सम्बन्धित
Loading...