गर्मी बढेपछि कावासोतीका विद्यालय बन्द

नवलपुर । पूर्वी नवलपरासीमा गर्मी बढेसँगै विद्यालय बन्द गर्न थालिएको छ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको शिक्षा शाखाले आज एक सूचना जारी गरी जेठ १९ गतेदेखि २२ गतेसम्म लागि विद्यालय बन्द गरेको जनाएको छ ।



सूचनामा कावासोती नगरपालिका भित्र रहेका संस्थागत र सामुदायिक विद्यालय सबै बन्द गर्न भनिएको छ । कावासोतीमा मन्टेश्वरी सहित ७२ वटा विद्यालयहरु रहेका छन् ।

सूचनामा भनिएको छ – केही दिन यता गर्मी बढ्दै जाँदा विद्यालयमा पठनपाठन कार्य सकस पूर्ण हुँदै गएकोले मिनपचास विदा (बर्षे विदा) मा समाजोजन हुने गरी जेठ १९, २१ र २२ गते गरी ३ दिन विद्यालय (पूर्व प्रथामिक सञ्चालित विद्यालय समेत) विदा गर्न नगर स्तरीय निर्णय भएकोले सोही अनुसार गर्न गराउन जानकारी गराइन्छ ।



त्यसैगरी दिउँसो १ बजे हुँदै आएको कक्षा ११ को परीक्षा भने विहान ७ बजेबाट गर्ने भएको छ ।



सम्बन्धित
Loading...