नवलपुरको देवचुलीका विद्यालयमा ४ दिन गर्मी विदा


रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका भित्र रहेको विद्यालयहरुमा ४ दिन गर्मी विदा गरिएको छ ।




पछिल्लो समय बढ्दै गएको गर्मीको कारण विद्यालय विदा गरिएको देवचुली नगरपालिकाद्वारा जारी सूचनामा जनाइएको छ ।

२०८० को बर्षे विदामा मिलान हुने गरी विदा गरिएको देवचुली नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत रामप्रसाद शर्माले बताए ।




देवचुली नगरपालिकाले शुक्रबार देखि सोमबारसम्म अर्थात जेठ १९ गतेदेखि २२ गते सम्म विद्यालय विदा गरेको हो ।

देवचुली नगरपालिकामा संस्थागत र सामुदायिक गरी ४० बढी विद्यालय रहेका छन् । यता कावासोती नगरपालिकाले पनि नगरपालिका भित्रका विद्यालयमा ४ दिन गर्मी विदा दिएको छ ।




सम्बन्धित
Loading...