मन्दिरमा क्यूआर कोड ! प्रभु बैंंक बरादी शाखाद्वारा मन्दिरलाई क्यूआर कोड हस्तान्तरण

तनहूँ । तनहूको बरादीमा रहेको प्रभु बैंक लि. बरादी शाखाले तनहूँ जिल्लाको आँबुखैरेनी गाउँपालिका १ मा रहेको दुई वटा मन्दिरमा क्यूआर (QR) कोड हस्तान्तरण गरेको छ ।



धार्मिक तथा ऐतिहाँसिक अकलादेवी पंञ्चायन मन्दिर र आँधिमुल बाराही मन्दिरमा मा क्यू आर कोड हस्तान्तरण गरेको प्रभु बैंक लि. बरादी शाखाका शाखा प्रबन्धक तिर्थ रिजालले बताए ।

मन्दिरमा दान गर्न चाहाने भक्तजनहरुका लागि क्यूआर (QR) कोडमार्फत इस्क्यान गरेर मन्दिरमा दान गर्न सहज गराउनका लागि क्यूआर कोड हस्तान्तरण गरिएको शाखा प्रबन्धक रिजालले बताए । ‘डिजिटल प्रविधिको प्रयोग गरी स्क्यान गरौं भेटी चढाऔं पुण्य कमाऔं’ भन्ने मुल नाराका साथ क्यूआर कोड हस्तान्तरण कार्यक्रमकै आयोजना गरी क्यूआर कोड हस्तान्तरण गरिएको थियो ।



अकलादेवी पञ्चायन मन्दिर विकास समितिका अध्यक्ष सूर्यबहादुर पन्त, आँधिमुल क्षेत्र संरक्षण समितिका अध्यक्ष हिमाल थापा मगर, आँबुखैरनी १ का वडा अध्यक्ष प्रेमबहादुर गुरुङको उपस्थितिमा क्यूआर कोड हस्तान्तरण गरिएको हो ।

मन्दिरका अध्यक्षद्वयले कार्यक्रममा बोल्दै धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा प्रभु बैंक गण्डकी प्रदेशका प्रदेश अधिकृत सन्तोष अधिकारीले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत थप कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी प्रभु बैंक बरादी शाखाका शाखा प्रबन्धक तिर्थ रिजालले क्यूआर कोडमार्फत कारोबार गर्दा आर्थिक पारदर्शिता तथा राष्ट्र बैंकले जारी गरेको ‘क्लिन नोट पोलिसी’ लाई सहयोग पुग्ने बताए ।



सम्बन्धित
Loading...