नेपाल बुद्धिजीवी संगठन, नवलपुरको संयोजकमा घनश्याम भूषाल

नवलपुर –



नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको बद्धिजीवी संगठन नेपाल बुद्धिजीवी संगठन, नवलपुरको संयोजकमा घनश्याम भूषाल चयन भएका छन् । आज कावासोती १६ डण्डामा सम्पन्न भएको भेलाले उनलाई संयोजक चयन गरेको हो ।

भेलाले १७ सदस्सीय समिति चयन गरेको छ । जसको सहसंयोजकमा चुडा बहादुर आलेलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरूमा डा। गोपाल लम्साल, डा सूर्य प्रसाद भट्टराई, जगतप्रसाद भट्टराई, देवी प्रसाद सुवेदी, कृण्णचन्द्र गिरी, भीम सिर्पाली, पुष्पराज भण्डारी, मुरारी लम्साल, रूक्मागत शर्मा, चिन्तामणी पौडेल, दुर्गादत्त घिमिरे, शशिकुमार भुजेल, दुर्गा पोख्रेल, निर्मल दाहाल लगायत रहेका छन् ।



कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा जिल्ला ईञ्चार्ज किशन शर्मा, वैकल्पिक केन्द्रीय सदस्य धनप्रसाद सापकोटा, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला संयोजक बालकृण्ण रानाभाट लगायतको उपस्थितिमा भएको थियो ।

संस्थाका पूर्व उपाध्यक्ष चुडाबहादुर आलेमगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पूर्व सहसचिव कृण्णचन्द्र गिरीले गरेका थिए ।



सम्बन्धित
Loading...