नवलपुरको पहाडी गाउँ बालिघाटमा रोटरीको स्वास्थ्य शिविर


नवलपुर । रोटरी क्लव कावासोतीले नवलपुरको बौदीकाली गाउँपालिकाको सहकार्यमा डेढ्गाउ स्थित बालिघाट स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ शिविर गरेको छ ।




स्वास्थ्य शिविरमा बिशेषतः प्रसुति तथा स्त्रीरोग र जेष्ठ नागरिकहरुको लागि आँखा जाँच गरिएको भरत पोख्रेलले बताए ।

कार्यक्रम बालीघाट सामुदायिक स्वास्थ्य इकाईको भवनमा भएको थियो ।




स्वास्थ परिक्षण पश्चात् बिरामीहरुलाई आवस्यक पर्ने औषधी, चस्मा, मास्क निशुल्क बितरण गरिएको थियो। शिविर समापन पश्चात् बचेको औषधि, मास्क र चस्मा बालीघाट सामुदायिक स्वास्थ्य इकाईलाई हस्तान्तरण गरिएको थियो।

शिविरमा जसमा १२० जना महिलाले स्त्रीरोग सम्बन्धि विशेषज्ञ सेवा र १३७ जना जेष्ठ नागरिकलाई आँखा सेवा प्राप्त गरेका थिए।

शिबिरमा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटा, अन्य चिकित्सकहरु डा. गोपाल खनाल, डा. रामबहादुर के.सी., नेत्र सहायक प्रदिप भट्टराई लगायत स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश ओझा, पूर्व अध्यक्ष दुर्गाबहादुर राना लगायतको सहभागिता रहेको थियो ।




सम्बन्धित
Loading...