नवलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
प्रिय धन —
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहिबार दिउँसो हुप्सेकोट गाउँपालिका ३ चौरंगी धर्मचोकमा रौतहट स्थायी घर भएका ६५ वर्षीय भिखुर मुखियाको करेन्ट लागेर मृत्यु भएको हुप्सेकोट प्रहरीले जनाएको छ ।
बेलहानीको धर्मचोकमा ५५ वर्षीया मिना फाल मगरको घरमा ब्लकको गारो लगाउने क्रममा मुखियालाई करेन्ट लागेको प्रहरीको भनाइ छ ।
काठका मिस्त्री जित बहादुर सार्कीले झ्याल ढोकाको काम गर्ने क्रममा कुखुराको खोरको जालीमा करेन्ट सप्लाई भई मुखियालाई करेन्ट लागेको प्रहरीले बताएको छ ।
अन्यलाई भने केहि नभएको बताईएको छ । घटना बिहिबार दिउँसो १२ बजेको आसपासमा भएको र भिखुर मुखियालाई तत्काल मध्यविन्दु जिल्ला अस्पताल लगिएको तर अस्पतालले मृत घोषणा गरेको अस्पताललाई उधृत गर्दै हुप्सेकोट प्रहरीले जनाएको छ ।
रौतहटबाट मृतकका आफन्ती नआउन्जेल शवलाई मध्यविन्दु जिल्ला अस्पताल डण्डा राखिएको प्रहरीले बताएको छ ।