कावासाेती राेटरीद्वारा वृक्षाराेपण
कावासाेती – कावासोती रोटरीले आज कावासाेतीमा वृक्षाराेपण गरेकाे छ ।
शिव सामुदायिक वनको परिसरमा कन्याद्वारा बेलको बिरुवा रोपी बृक्षारोपणको थालनी गरिएकाे थियाे ।
रोटर्याक्ट क्लव कावासोतीसँगको सहकार्यमा भएकाे वृक्षाराेपणमा राेटरी क्लब कावासोतीका अध्यक्ष हरिहर अधिकारी, शिव सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष नारायण पराजुली, रोटर्याक्ट क्लव अध्यक्ष शेष नारायण पौडेल लगायत रोटरी र रोटर्याक्टका सहभागितामा १०० वटा बेल, केही बास र केही अमलाका बिरुवा रोपिएकाे थियाे ।