नारायणी नदीमा डुबेर एकै परिवारका दुई बालककाे निधन





रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीकाे गैडाकाेट स्थित नारायणी नदीमा डुबेर एक्कै परिवारका दुई जनाकाे निधन भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसाे नवलपुरकाे गैंडाकोट नगरपालिका ७ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाकाे निधन भएकाे हाे ।




मृत्यु हुनेमा गैडाकाेट ७ गैरी बस्ने सुमन कुमालको छोराहरु बर्ष १४ को सबिन कुमाल र बर्ष ९ को संगम कुमाल रहेका छन्।

पानीमा डुबि बेपत्ता भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट गएकाे प्रहरी र स्थानीयले खाेजी गर्दा दुबै जनालाई उद्धार गरी तत्काल उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाएकोमा आज दिउँसाे ४ बजे तिर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटनाकाे अनुसन्धन भइरहेको प्रहरीले जनाएकाे छ ।




सम्बन्धित
Loading...