कपिलबस्तुकाे वाणगंगामा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु





कपिलबस्तु २ असोज –

कपिलवस्तुको बाणगंगा वडा न. ८ पुलचोकमा छोराले चिर्पट दाउरा प्रहार गर्दा बुबाको मृत्यु भएको बताएकाे छ । मदिरा सेवन गरेका उनले रिसको झोकमा आफ्नै बुबालाई चिर्पट दाउरा प्रहार गरेकाे बताएकाे छ ।




अन्दाजी २५ वर्षीय ‘लुरे’ भन्ने छोरा भुवन दर्जीको दाउरा प्रहारबाट अन्दाजी ६२ वर्षीय बुवा बल बहादुर दर्जीको मृत्यु भएको हो । बुवा – छोराबीच विगतमा पनि झगडा हुँदै आएको बताएकाे छ ।

चिर्पट दाउराले हानेपछि गम्भिर घाईते भएका बुबा बल बहादुरलाई अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।

लुरेलाई प्रहरीले पक्राउ गरि थुनामा राखेको बतएकाेछ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरेको बताएकाे छ ।




सम्बन्धित
Loading...