उद्योगपति एवम् सांसद विनोद चौधरीले शिलान्यास गरेको पुल अलपत्र, ठेकेदार सम्पर्क बिहिन





श्याम थापा —
नवलपुर । उद्योगपति एवं नवलपरासी निर्वाचन क्षेत्र १ का निर्वाचित प्रतिनिधि सभाका सांसद विनोद चौधरीले शिलान्यास गरेको खजुरा पुलको काम अलपत्र परेको छ भने यता ठेकेदार अहिले सम्पर्क बिहिन रहेका छन् ।

जिल्लाको बर्दघाट नगरपालिका वडा नं ५ र १६ जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको खजुरा पुलको सांसद चौधरीले आफू प्रतिनिधि सभामा निर्वाचित भएपछि शिलान्यास गरेका थिए ।




सांसद चौधरीले सस्तो लोकप्रियता कमाउन बढो तामझामको साथ खजुरा पुलको शिलान्यास गर्दै अबको केही दिनमा बर्दघाट वडा न ५ र वडा न १६ का बासीहरुको खोला तरेर जोखिम उठाउने दिन सकिने र अन्य स्थानका बासीहरुलाई पुल निर्माण भएपछि आवातजावतमा सहज हुने भन्दै कडा भाषण गर्दै शिलान्यास गरेको खजुरा पुलको काम लामो समय बित्दासम्म एउटा कुनै काम नगरेर अलपत्र पारेर ठेकेदार सम्पर्क बिहिन छ ।

सांसद चौधरीले शिलान्यास गरेको खजुरा पुल निर्माण गर्ने जिम्मेवारी पाएको ठेकेदारले पुलको निर्माणको काम करिब ३ बर्ष बित्दा पनि कामको थालनी नगरेपछि पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो ।

पुल निर्माणको काम अलपत्र पारेर पछिल्लो समय ठेकेदार सम्पर्कमा नै नआएर पुल निर्माणको काम अघि नबढेपछि बर्दघाट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयसँग सहजिकरणका लागि सहयोग मागेको छ ।

नगरपालिकाले पत्रनै काटेर ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याई आवश्यक छलफलको वातावरण मिलाईदिन भन्दै प्रशासनलाई पत्र काटेको हो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार पुल निर्माणको जिम्मेवार पाएको ठेकेदारले कामको थालनी नगरेपछि पटक पटक स्थानीयबासीहरुको गुनासो आएपछि पुलको के कति कारणले काम नगरेको र निर्माण कार्य अगाडि बढाउन ठेकेदारलाई पटक पटक सम्पर्क गरेर काम सुरु गर्नुस भनेर दिनकै ताकेता गर्दा पछिल्लो समय त झन् सम्पर्कमै आउन छोडेको नगरप्रमुख श्रेष्ठले बताए ।

नगरसंग ठेकेदार सम्पर्कमा नआएपछि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीलाई ठेकेदारलाई सम्पर्कमा ल्याएर के कति कारणले काम सुरु नभएको र ठेकेदार सम्पर्कमा ल्याई सहजिकरण गर्दिन अनुरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले ठेकेदार र सम्बन्धित व्यक्तिहरुलाई असोज १० गते कार्यलयमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी निर्देशन दिएको छ ।

शिलान्यास गर्न मरिहत्ते गर्ने सांसदले निर्माण कार्य के कति पुग्यो र कतिको प्रगति भयो भन्ने कुराको जानकारी लिनुपर्ने होईन र शिलान्यास गरेको लामो समय बित्दासम्म पनि निर्माण कार्यमा एउटा इट्टा थप्नी काम पनि नभएको र कामको जिम्मेवारी लिएको ठेकेदार नै कामलाई अलपत्र पारेर सम्पर्क बिहिन हुने ठेकेदारलाई सम्पर्कमा ल्याएर कामको थालनीको जिम्मेवारी पनि सांसद चौधरीले लिनुपर्ने स्थानीयहरुको भनाइ छ ।

खजुरा पुलको निर्माण कार्यको जिम्मेवारी श्री मृत संजिवनी निर्माण सेवा प्रालि कलंकि काठमाडौंले २०८० असार ३ गते निर्माण सम्पन्न गर्ने गरी २०७७ पुष २८ गते सम्झौता गरेको थियो । कुल ९ करोड ७७ लाखमा पुल निर्माणको सम्झौता भएको थियो ।




सम्बन्धित
Loading...