सदुपयोग सहकारीमा शेयर सदस्य र कर्मचारिको दुर्घटना विमा





तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाले सम्पुर्ण सेयर सदस्य तथा कर्मचारीहरुको १ लाखको दुर्घटना बिमा गरेको छ । सेयर सदस्य बृद्धि अभियानलाई प्राथमिकतामा राखेको सहकारी संस्थाले आर्थिक बर्ष २०७९/८० मा १५१ जना नयाँ सेयर सदस्य थप गरी सेयर सदस्य संख्या ७०८ पुर्याएको छ ।

सहकारी संस्थाको शनिबार सम्पन्न १२ औं साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष कमल अर्यालले यो आर्थिक वर्षमा सेयर सदस्य संख्या १ हजार पुर्याउने बताए ।


यस्तै संस्थाले बचतलाई बर्गिकरण गरी नियमित,स्वेच्छिक र मुद्धति खाता सञ्चालन गर्ने , महिला प्रसुति स्याहार खर्च बापत एक पटकलाई रु २ हजार प्रदान गर्ने र तिलोत्तमा नगरपालिका संग जोडिएका अन्य पालिकाहरुमा लगानी गर्न मिल्ने गरी कार्यविधि संसोधन गरिने लगायतका प्रस्ताब पारित गरिने अध्यक्ष अर्यालले बताए ।

कार्यक्रममा समाजसेवी प्राथमणि आर्चायले सहकारी सस्थाहरुले सेयर सदस्यहरुलाई बढि प्रतिफल दिने खालका कार्यक्रमहरु गर्नुपर्न बताए । आफुले बुझेका र स्थानियले सन्चालन गरेका सहकारी सस्थामा मात्र बचत जम्मा गर्न सुझाव दिए ।

साधारण सभामा संस्थाका सल्लाहकार कल्याण पौडेल,खिमानन्द भट्टराई, ईश्वर शर्मा, उपाध्यक्ष नारायणी शर्मा अधिकारी, लेखा संयोजक मिना रेश्मी, संचालक सदस्य प्रेम नेपाली, सेयर सदस्य शान्ता थापालगायतले मन्तब्य व्यक्त गरेका थिए । साधारण सभाले अध्यक्ष र कोषाध्यक्ष ढक बहादुर टण्डनको आर्थिक प्रतिवेदन पारित गरेको सचिव प्रकाश चापागाईले बताए ।

सो अवसरमा सेयर सदस्य बृद्धि गर्ने सरस्वती बस्नेत, असल ऋणी अमृता टण्डन र एसईई ३.९२ जिपिए ल्याउने सम्झना बस्नेतलाई नगद सहित सम्मान गरिएको थियो ।




सम्बन्धित
Loading...