चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट





चितवन । चितवनमा २० हजार भारतीय माछाका भुरा नष्ट गरिएको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित मिलिजुली चोकमा बेवारिसे अवस्थामा भेटिएको माछाका भुरा नष्ट गरिएको हो ।

भारतबाट लुकाइछिपाइ ल्याइएको भारतीय माछाका भुरा बरामद गरी नष्ट गरिएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख एवं प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिए । पाण्डेको नेतृत्वमा गएको प्रहरीको टोलीले अवैध माछा बरामद गरेको हो ।


बरामद गरिएका माछा पशु क्वारेन्टाइनका प्रतिनिधि, वडा सदस्य र पत्रकारको रोहबारमा नष्ट गरिएको उनले बताए । बरामद गरी नष्ट गरिएका माछाको बजार मूल्य तीन लाख रुपैयाँ रहेको छ ।




सम्बन्धित
Loading...