आईपीएलमा पञ्जाबको विजयी सुरुवात





मुल्लनपुर । इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा पञ्जाब किंग्लसले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको छ । दिल्लीले प्रस्तुत गरेको १ सय ७५ रनको लक्ष्य पञ्जाबले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पछ्यायो ।

पञ्जाबलाई जीत दिलाउन साम करनले सर्वाधिक ६३ रनको इनिङ्स खेले । उनले ४७ बलमा ६ चौका र एक छक्का हिर्काए । लियाम लिभिङस्टोनले नटआउट रहँदै २१ बलमा ३८ रनको विस्फोटक पाली खेले ।


प्रभसिमरन सिंहले २६ रन कप्तान शिखर धवनले २२ रनको योगदान दिए । दिल्लीका लागि कुल्दीप यादव र खलिल अहमदले २–२ विकेट लिए । इशान्त शर्माले एक विकेट हात पारे ।

यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७४ रन बनाएको थियो । टोलीका लागि शाई होपले ३३ तथा अभिषेक पोरेलले ३२ रन बनाएका थिए । त्यस्तै, डेभिड वार्नरले २९ तथा अक्षर पटेलले २१ रनको योगदान दिए ।

पञ्जाबका लागि हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिएका थिए । कागिसो रबाडा, हरप्रित ब्रार र राहुल चाहरले १–१ विकेट हात पारे ।




सम्बन्धित
Loading...