कावासोतीमा मोटरसाइकल दुर्घटनामा २ जना घाइते


सांकेतिक तस्वीर



कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ सयपत्री चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ कावाासोतीबाट सयपत्रीचोक तर्फ जाँदै गरेको बा ९७ प ५६८२ नं को मोटरसाइकल र बिपरित दिशाबाट आँउदै गरेको लु ३२ प २१८० नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका हुन् ।


दुर्घटनामा परी बा ९७ प ५६८२ नम्बरको मोटरसाइकल चालक कावासोती १ बस्ने बर्ष ४० को कल्याण काफ्ले गम्भीर घाइते भएका छन् । उनको नवलपुर अस्पताल कावासोतीमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर पठाइएको छ ।

त्यसैगरी दुर्घटनामा परी लु ३२ प २१८० नम्बरको मोटरसाइकल चालक कावासोती २ निवासी ऐ।२ बस्ने बर्ष ३९ को टेक नारायण भुषाल घाइते भएका छन् । उनको नवलपुर अस्पताल कावासोतीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...