क्रिकेटर लामिछानेको पहिलो सुनुवाइ चैत २३ गते हुने





नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पहिलो सुनुवाइ चैत २३ मा हुने भएको छ । उच्च अदालत पाटनले सुनुवाइको मिति तोकेको हो ।

तारिख बुझेकाले अब पहिलो सुनुवाई चैत २३ गते शुक्रबार हुने उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए ।


एक पक्षले मात्र पुनरावलोकनको निवेदन दिएको भए चैत २३ मा झगडिया झिकाउने आदेश हुने थियो । तर, सरकारी पक्ष पनि पुनरावलोकनका लागि गएकाले दुवै जनालाई एक अर्काको पुनरावलोकन सुनाउने काम हुने छ । त्यसपछि दुवै निवेदनलाई सँगै राखेर निरन्तर सुनुवाइ हुने उच्च अदालतले जनाएको छ ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनी उच्च गएका हुन् ।




सम्बन्धित
Loading...