सुनको मूल्य तोलामै एक लाख ३० हजार पुग्यो





काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि सुनको मूल्य एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार ४ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ५२५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।




सम्बन्धित
Loading...