मनकामना जाँदै गरेको स्कारपियो दुर्घटनामा नवलपुरका एक जनाको मृत्यु





गोरखा — मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घाेर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो । शनिवार पूर्वी नवलपरासीबाट मनकामना आउँदै गरेकाे ग १ च ७६१९ नम्वरकाे स्कारपियो उकालाे चढ्न नसकेर पछाडि सर्दा अनियन्त्रित भएर नालीमा पल्टिएको थियो ।


दुर्घटनामा गैरे घाइते भएका थिए । उनको उपचारका क्रममा तनुहँको आबुखैरेनीस्थित छिम्केश्वर अस्पतालमा मृत्यु भएको गोरखाका डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

स्कारपिओ चालक नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका वडा नं. ४ का वर्षिय बेग बहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएकाे छ ।

दुर्घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको गोरखा प्रहरीले जनाएको छ ।




सम्बन्धित
Loading...