पौडी खेल्ने क्रममा १२ बर्षीय बालक बेपत्ता





गुल्मी, १८ चैत –
गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ घोरा उपल्लाखर्कका १२ बर्षिय प्रीन्स सारु खोलामा डुबेर बेपत्ता भएका छन ।

शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।


बेपत्ता भए लगत्तै मजुवा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा प्रहरी टोली र स्थानियहरुले खोजतलास गरेपनि फेला नपरेकाले आज पुन सशस्त्र प्रहरीसहितको टोलि घटनास्थल गएको चौधरीले बताए ।




सम्बन्धित
Loading...