नवलपरासीमा अवैध उत्खनन गर्ने ५ वटा ट्याक्टर नियन्त्रणमा





रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा अवैध उत्खनन गर्ने ५ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सुनवलका अनुसार सुनवल नगरपालिका ४ स्थित तुरिया खोला र सुनवल ११ स्थित धुर्कोट खोलाबाट ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।


प्रहरीले लु ३ त ६७०७, लु ३ त ४९०१, लु ४ त २७६८, लु ३ त २१२४ र लु ३ त ६४५३ ट्याक्टरहरुमा अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा बोकी राखेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि सुनवल नगरपालिका पठाइएको जनाइएको छ ।




सम्बन्धित
Loading...