नेपालमा बसी अनलाइनमार्फत ठगी गर्ने ३ जना चिनियाँ नागरिक पक्राउ, ठूलो मात्रामा उपकरण बरामद





नेपालमा बसेर अनलाइन मार्फत नेपाली नागरिकलाई नै ठगि गर्ने ३ जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवामा अबैध तरिकाले अनलाइन मार्फत ठगी गर्ने क्रममा शनिबार पक्राउ परेका गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।


पक्राउ पर्नेमा चिन हुवानका ३३ बर्षिय लियु गुइ काई , हुवई २६ बर्षिय वाङ बोहन र सोही स्थान बस्ने ३३ बर्षिय छिङ छियो रहेका छन ।

उनीहरूको साथबाट प्रहरीले कम्प्युटर डेक्सटप सिपुयी १२०, मनिटर–११८ थान, पासपोर्ट थान–३, मोबाईल–३५ थान, भारतीय कम्पनी जियोको सिम १३ थान बरामद गरेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

यस्तै ल्यापटप ४ थान, प्रिन्टर–१ थान, विभिन्न बैंकहरूका एटीएम कार्ड ३ थान , किबोर्ड २६ थान, ईन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनि इन्भटर २ थान, भारतीय नम्बर बिआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी र प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल १ थान बरामद भएको उनले बताए ।

उनीहरूको साथबाट प्रहरीले मलेशियन ३७ रिंगिट, नेपाली ५०० दरका नोट ८६ पिस गरी ४३ हजार र कम्बोडियन ३ हजार ५ सय रकम पनि बरामद गरेको छ ।

पक्राउ परेकाहरु केहि महिनादेखि अनलाइन लौटरी र अनलाइन सपिङ्ग जस्ता विभिन्न प्रकारको प्रलोभन देखाई नेपाली तथा विदेशीहरूबाट सर्वसाधारणलाई ठगी गर्ने गिरोह रहेको उनले बताए ।

ठगीको गिरोह चलाउने कार्यमा संलग्नहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।




सम्बन्धित
Loading...