स्रोत नखुलेको २७ लाखसहित दुई जना पक्राउ


सर्लाही, चैत १९ । मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।




प्रहरीले सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारीलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका–९ स्थित सडकबाट नगद १० लाख रूपैयाँ तथा ९ लाख ९० हजार रूपैयाँ जम्मा गर्ने दुई थान भौचर र थप अनुसन्धानको क्रममा आरिफ अंसारीलाई सोही ठाउँको उनको फोन सिटी मोबाइल पसलमा लुकाई राखेको १७ लाख ७५ हजार ९ सय ७० रूपैयाँसहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




सम्बन्धित
Loading...