मध्यविन्दुमा आगलागीमा साढे ३ लाख बराबरको क्षति





नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ४ लुस्लरीमा आगलागी हुँदा साढे ३ लाख बराबरको क्षति भएको छ ।

मध्यविन्दु नगरपालिका ४ लुस्लरीमा रामशरण विकको जस्ताको छानो भएको काठको गोठमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । प्रहरीले यस घटनालाई शंकास्पद घटनाको रुपमा हेरेको छ ।


आगलागीमा परी १ बर्षको पाडी जलेर मरेको छ भने ठाउपात घाँस दाउरा गरी साढे ३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

विहान ७ः३० बजेतिर लागेको आगो स्थानीय, प्रहरी र दमकलको सहायताले १ घण्टा भित्र पूर्ण नियन्त्रणमा लिएको थियो ।




सम्बन्धित
Loading...