नवलपुरमा स्कूल बसको ठक्करबाट १ जनाको निधन १ जना गम्भीर घाइते





रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटना स्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा ओमशान्ति चोकबाट सरस्वती स्कूल चोकतर्फ जाँदै गरेको बालविकास बोर्डिङ स्कूलको बसले स्कुटरलाई ठक्कर दिएको हो ।


बालि विकास बोर्डिङ स्कूलको ना ४ ख १०४१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी स्कुटरमा सवार पर्वत जिल्लाको फलेवास नगरपालिका ४ घर भई हाल भरतपुर महानगरपालिका २६ निवासी ६८ बर्षीय पार्वती पौडेलको घटना स्थलमै मृत्यु भएको हो ।

त्यसैगरी दुर्घटनामा परी गैडाकोट नगरपालिका ५ निवासी २० बर्षीया आशिका सापकोटा गम्भीर घाइते भएका छन् ।

उनको उपचारको लागि भरतपुर चितवनतर्फ पठाएको जिल्ला जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




सम्बन्धित
Loading...