गैडाकोटमा अटोको ठक्करबाट पैदल यात्री गम्भीर घाइते


गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा आज साँझ अटोको ठक्करबाट एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।




इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट १ मिलनचोक स्थित भित्री सडक खण्डमा दक्षिण राजमार्गबाट उत्तर मौलाकालीका मन्दिर केवुलकार स्टेशन तर्फ जादै गरेको अटोले पैदल यात्रीलाई ठक्कर दिएको हो ।

बा.प्र. ०३००१ ह १८९० नम्वरको अटोले पैदलायात्री गैडाकोट १ बस्ने बर्ष ४१ की मनरुपा शर्मालाई ठक्कर दिएको हो ।


दुर्घटनामा परी उनी गम्भीर घाइते भएका छन् । उनको टाउको, छाती र ढाडमा चोट लागेको छ । घाइते शर्माको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने अटो र अटो चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।




सम्बन्धित
Loading...