दलित जागरण अभियान नवलपुरको नयाँ समिति गठन


रामकुमार श्रेष्ठ –
नवलपुर । दलित जागरण अभियान नवलपुरको रजहरमा भएको जिल्ला भेलाले भीमबहादुर विकको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको छ ।




जसको उपाध्यक्षमा झकमाया विक, सचिवमा कृष्णबहादुर विक, कोषाध्यक्षमा कुमार रोक्का चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मिना नेपाली, झकबहादुर विक, जमुना परियार, रुपबहादुर विक र विजन कुमार विक चयन भएका छन् ।


रजहरमा भएको भेलामा दलित जागरण अभियान नवलपुर क्षेत्र नं. १ को प्रथम बार्षिकोत्सव पनि आयोजना गरिएको थियो ।

भीमबहादुर परियारको अध्यक्षतामा भएको भेलामा कार्यक्रम सञ्चालन भीमबहादुर विकले गरेका थिए । भेलामा नवलपुरका दलित अगुवाहरुको सहभागिता रहेको थियो ।
दलित जागरण अभियानले नवलपुरमा दलित समुदायको हकहितको पक्षमा वकालत गर्दै आएको छ ।




सम्बन्धित
Loading...