गर्मीमा आफूलाई स्फूर्त राख्न खानुस् यी चिज





काठमाडौँ । गर्मीको मौसम सुरु हुने बित्तिकै खपिनसक्नुको घाम र तातो हावाको लहर चल्न थाल्छ । यसका कारण हाम्रो शरीर थकित र निर्जीव महसुस हुन्छ । यस्तो अवस्थामा चिसो रहन हामी एसी वा चिसो पेय पदार्थको सहारा लिन्छौँ ।

हाम्रो शरीरलाई भित्रैबाट चिसो राख्न मद्दत गर्ने केही खानेकुरा पनि छन् । के तपाईँलाई यी खानेकुराबारे थाहा छ ? गर्मीमा आफ्नो आहारमा केही परिवर्तन गरेर हामी आफूलाई हाइड्रेटेड मात्रै होइन ताजा अनि स्फूर्त पनि राख्न सक्छौँ । आजको यस लेखमा हामीहरू गर्मीलाई हराउन सक्ने यस्तै केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।


काँक्रो
काँक्रो पानीले भरपूर हुन्छ । यसमा करिब ९६ प्रतिशत पानी हुन्छ । यसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । काँक्रोमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई सुन्निनबाट बचाउँछ । काँक्रोलाई यत्तिकै पनि खान सकिन्छ । यसलाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ । अचार खाँदा पनि हुन्छ । यसलाई स्मूदी हालेर पनि सेवन गर्न सकिन्छ ।

खरबुजा :
खरबुजा, तरबुजा यस्तै खालका खानेकुरामा प्रशस्त मात्रामा पानी हुन्छ । गर्मीमा शरीरलाई ताजा राख्न यो उत्कृष्ट उपाय हो । यी फलफूलमा पाइने प्राकृतिक चिनीले शरीरलाई ऊर्जा दिन्छ । खरबुजालाई काटेर सिधै खान पनि सकिन्छ । यसलाई जुस बनाएर पिउँदा पनि हुन्छ । यसबाहेक तरबुजाको तरकारी बनाएर पनि खान सकिन्छ । यो स्वादिलो त हुन्छ नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

पत्तेदार तरकारी:

पालुङ्गो, लेटिस, तोरी आदिको साग गर्मीमा निकै फाइदाजनक हुन्छ । यी सागसब्जीमा क्याल्सियम र पोषक तत्त्व भरपुर मात्रामा मात्र पाइन्छ नै । यिनीहरूले शरीरलाई चिसो राख्न पनि मद्दत गर्छ । यिनीहरूलाई पकाएर खन सकिन्छ । सलादमा प्रयोग गर्न सकिन्छ ।

मोही:

मोहीले पाचन प्रक्रियालाई स्वस्थ त राख्छ नै गर्मीमा शरीरलाई शीतल राख्न पनि निकै उपयोगी हुन्छ । यसमा पाइने ल्याक्टिक एसिडले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । तपाईँलाई मन पर्छ भने मोहीमा अलिकति पुदिना, जिरा र कालो नुन थपेर पनि खान सक्नु हुन्छ ।

पुदीनाः

पुदिना शीतल जडीबुटी हो । गर्मीमा यसको सेवन निकै फाइदाजनक मानिन्छ । पानी वा दही पुदिना राखेर खान सकिन्छ । पुदिनाको चटनी बनाएर पनि खान सक्नु हुन्छ । चिसो पानीमा पुदिनाको पात मिसाएर ताजा पेय बनाउन सकिन्छ ।




सम्बन्धित
Loading...