महाअष्टमी पर्व, शक्तिपीठमा बली दिएर मनाइँदै

0

काठमाडौं नेपाली हिन्दु धर्मालम्बीको महान् पर्व दशैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ ।




विशेषगरी शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकका दक्षीणकाली, नक्साल भगवती, मैतीदेवी, गुह्येश्वरी, कालिकास्थान शोभा भगवती, भद्रकाली, नरदेवी, बज्रबाराही, बज्रबाराही बंगलामूखि लगायतका शक्तिपीठमा बली दिने पूजा आराधाना गर्नेको भीड लागेको छ । त्यस्तै गोरखाको गोरखकाली, चितवनको मौला कालिका, काभ्रेको पलाञ्चोक भगवती, नेपालगञ्जको बागेश्वरी, धादिङको त्रिपुरासुन्दरी लगायत देशैभरका शक्तिपीठमा भत्तलजनको घुइँचो लागेको छ ।


शक्तिपीठहरुमा पुजाअर्चनाका साथै राँगा, बोका हाँस, कुखुरा र परेवा लगायत पशुपंक्षी पञ्चवलीे बलि दिने प्रचलन छ । मानिसहरू आ–आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन् । सात्विकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अर्पण गर्दछन् ।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि देवीहरूको पूजाआजा गरिन्छ ।

महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातमा कालरात्रिको पनि पूजा गरिने प्रचलन छ ।

नवलपरासीकाे दाउन्नेदेवी मन्दिर, माैलाकालिका लगायतका शक्तिपीठहरूमा पनि अाज विहानैदेखि भक्तजनहरूकाे भीड लागेकाे छ।




सम्बन्धित
Loading...