क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको गाडी रौतहटमा दुर्घटना



बैद्यको अवस्था सामान्यः दुई जनालाई छातीमा चोट




रौतहट । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य सवार गाडी रौतहटमा दुर्घटना भएको छ । दुर्घटनाबाट महासचिव बैद्यसहित गाडीमा सवार अन्य दुई जना घाइते भएका छन ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित पौराई सडक खण्डमा रोकिरोखेको ना६ख २८९५ नम्बरको ट्रकमा बैद्य सवार गाडी पछाडिबाट ठोकिएपछि शुक्रबार राति दुर्घटना भएको हो ।


जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार महासचिव बैद्य बा३च ८४७० नम्बरको मारुतीमा सवार थिए । मारुतीमा सवार तीन जना घाइते भएको र उनीहरुको उपचार चन्द्रनिगाहपुर हस्पिटल प्रालिमा भएको बताइएको छ ।

दुर्घटनाबाट महासचिव बैद्यसहित सोहि स्थानका मारुती चालक मानबहादुर चदारा र बाँके कोहलपुरका वीरेन्द्रबहादुर शाही घाइते भएको बताइएको छ । बैद्यलाई सामान्य चोट मात्र लागेकाले आज बिहान उनी लहानतर्फ हिडेको बताइएको छ ।




सम्बन्धित
Loading...