निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका एसपी अदालत हाजिर





कञ्चनपुर । निर्मला पन्त हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट अदालत हाजिर भएका छन् । उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् ।

जिल्ला अदालतले विष्ट र डीएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । तर, जीसी भने हाजिर भइसकेका छैनन् । निर्मला पन्त हत्या प्रकरणका अन्य छ जना आरोपित प्रहरी भने धरौटीमा छुटिसकेका छन् ।


न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासबाट धरौटीमा छुट्नेमा तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद छन् ।




सम्बन्धित
Loading...