हुप्सेकोट गाउँपालिकामा तालाबन्दी





नवलपरासी, २४ पुस । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्थानीयले तालाबन्दी गरिदिएका छन् ।

हुप्सेकोट गाउँपालिकाको वडा नं. २ र ४ जोड्ने झोलुङ्गे पुल निर्माणमा विवाद उत्पन्न भएपछि स्थानीयले हुप्सेकोट गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको वडा नं. २ र ४ को वडा कार्यालयमा विहीबार दिउँसो तालाबन्दी गरिदिएका हुन् ।


व्यक्तिगत जग्गा हडपेर झोलुङ्गे पुल निर्माण गर्न लागेको र बन्दै गरेको एक्कासी रोकिएकोभन्दै स्थानीयले विरोध जनाएका छन् ।

हुप्सेकोट गाउँपालिकाको वडा नं. २ र ४ जोड्न गिरुवारी खोलाको गुहेरी भन्ने ठाउँमा झोलुङ्गे पुन निर्माण भएकोमा एक्कासी काम रोकिएको थियो ।

पहिलो वडा नं. २ र ४ को वडा कार्यालयमा तालाबन्दी गरेको र वडा अध्यक्ष बेलैमा छलफलमा नआएको भन्दै स्थानीयले गाउँपालिकामा समेत तालाबन्दी गरिदिएका हुन् ।




सम्बन्धित
Loading...