नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिंदा, १ जनाको मुत्यु १७ जना घाइते





रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा आज जन्तीलाई भ्यानले ठक्कर दिंदा १ जनाको निधन भएको छ भने १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट ४ शंखदेवबाट हसौरा आउँदै गरेको ना ५ च २६९५ नम्बरको भ्यानले शंखदेवमा विवाहमा जन्ती आएका टोलीलाई ठक्कर दिएको हो ।


विवाह घर नजिकै बाटोमा बसिरहेका टोलीलाई भ्यानले अनियन्त्रित भई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी ५० बर्षीया महिलाको निधन भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते हुप्सेकाट ४ बस्ने ५० बर्षीया छुमाया मश्राङ्गी मगरको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा निधन भएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

अन्य घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ । घाइतेहरु अधिकांश हुप्सेकोट ४ का रहेका छन् ।

 

नवलपुर जिल्लाका थप समाचारहरु

कावासोतीको बालुवा डाँडामा बन्यो भ्यु टावर, कावासोतीको सम्पूर्ण दृष्य अवलोकन गर्न सकिने

नवलपुरमा आजदेखि स्मार्ट लकडाउन, माक्स र खोपकार्ड अनिवार्य, भिडभाड गर्न प्रतिबन्ध 

कावासोतीमा बालिकालाई ललाईफकाई होटेलमा लगेर बलात्कार गर्ने युवक पक्राउ

नवलपुरमा बुस्टर डोज, कावासोतीमा माघ ७ गतेबाट; क–कसले लगाउन पाउने

घाम तापिरहँदा एक्कासी बेहोस भएर निधन

नवलपरासीमा घरको आँगनमा लडेर वृद्धको निधन

 




सम्बन्धित
Loading...