विदेश पठाइदिने भन्दै ठगी गर्ने चितवनका पाण्डे पक्राउ


 




विदेश पटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

 

चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौंस्थित टोखामा बस्ने सुजनराज पाण्डे ठगीको आरोपमा पक्राउ परेका हुन् ।

 


उनले टिपिकल क्लोथीङ एण्ड क्राफ्ट स्टोर नामक कम्पनीको नाममा युरोपका जुनसुकै देशमा बिजनेस भिसा लगाइदिने भन्दै ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

 

कोइरालाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई मंगलबार नै पक्राउ गरेको हो ।

 

पक्राउ परेका पाण्डे विरुद्ध ठगी कसुर अन्तरगत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

 

 

 




सम्बन्धित
Loading...