कारभित्र शारीरिक सम्पर्क गर्दा ५२ लाख डलर जरि’वाना


 




कारमा शारीरिक सम्पर्क गर्दा आफूलाई यौ’न संक्र’मण सरेको आ’रोप लगाएकी एक महिलाले अमेरिकामा झन्डै ५२ लाख डलर क्ष’ति’पूर्ति पाउन सक्ने देखिएको छ।

अदा\लती कागजपत्रमा ‘एमओ’ उपनामले चिनाइएकी ती महिलाले आफ्ना तात्कालिक प्रे’मीको कारमा यौ’न स’म्पर्क गरेकै कारण आफूलाई ह्यू’मन पापिलोमा भा;इरस (एच-पी-भी) सरेको दाबी गरेकी छन्।


मिजुरीस्थित पुनरावेदन अदालतले पनि एमओलाई ठूलो क्षति’पूर्ति दिनुपर्ने फैस’ला स’दर गरेको छ। उक्त क्षति’पूर्ति कारको बीमा गरेको कम्पनी गाइकोले तिर्नुपर्ने आदेश दिइएको छ। तर गाइकोले यो निर्णयको प्र’ति’वाद गरेको छ।

कसरी सर्‍यो‍ रो’ग
अदालतमा पेस गरिएका कागजपत्रका अनुसार एमओले आफूलाई सन् २०१८ मा एच-पी-भी संक्र’मण सरेको थाहा भएको बताएकी छन्।

उनले आफ्ना पूर्वप्रेमीलाई एच-पी-भी रोग भए पनि उनले आफूलाई त्यसबारे जानकारी नदिएको दाबी गरेकी छन्। रो’ग सरेपछि आफूलाई पहिला उपचार गर्न खर्च चाहिएको र भविष्यमा पनि चाहिने अनि रोग सरेकाले ‘मानसिक तथा शारीरिक पी’डा र क’ष्ट’ भएको उनको दाबी छ। उनी ज्याक्सन काउन्टीकी निवासी हुन्।

दाबी
उनले सन् २०२१ को फेब्रुअरीमा गाइको कम्पनीसँग १० लाख अमेरिकी डलर क्ष’ति’पू’र्ति माग गरेकी थिइन्। आफ्ना त्यतिबेलाका प्रेमीको ह्युन्डाई जेनसिस कारमा शारी’रिक सम्बन्ध राख्दा आफूलाई रो’ग सरेको र बीमा कम्पनीको नीतिले क्षति बेहो’र्नुपर्ने उनको दाबी थियो।

तर बीमा कम्पनीले त्यस्तो क्ष’ति बेहोर्ने नीति नरहेको भन्दै उनलाई क्ष’ति’पूर्ति दिन अस्वीकार गरेको अदा’लतमा पेस गरिएका कागजपत्रमा देखिन्छ। त्यसपछि एमओ र उनका पूर्वप्रेमी मध्यस्थताको प्रक्रियामा गए। तर मध्यस्थ-कर्ता एमओकै पक्षमा देखिए।

मध्यस्थ-कर्ताले ‘बीमिते सवारीसाधनमा यौ’निक गतिविधि भएको’ र उक्त क्रियाकलाप महिलालाई एच-पी-भी संक्रमण हुनुमा ‘प्रत्यक्ष कारक रहेको वा त्यसले का’रणमा प्रत्यक्ष योगदान गरेको’ ठहर गरेका थिए।

के हो यो रो’ग?
एच-पी-भी भाइरसको संक्रमण प्रायः लक्षण नदेखिने किसिमको हुन्छ। तर केही मानिसहरूलाई भने हात, खुट्टा, यौनाङ्ग वा मुखभित्र मु’सा देखा पर्छ।

उच्च जोखिमयुक्त एच-पी-भीले कतिपयको शरीरमा अस्वाभाविक तन्तुको देखिन्छ र कतिपयलाई क्या-न्सर समेत हुन सक्छ। यो भा’इ’रस संक्रमितसँग यौ’न स’म्पर्क गर्दा सर्न सक्छ। त्यसबाहेक यौना’ङ्ग र मुखको छालामा प्रत्यक्ष सम्पर्क हुँदा पनि सर्न सक्छ।

पुनरावेदन र फैसला
सन् २०२१ को मे महिनामा मध्यस्थकर्ताले एमओलाई भएको क्षतिका लागि गाइकोबाट ५२ लाख अमेरिकी डलर क्ष’तिपू’र्ति दिलाइनुपर्ने ठहर गरेका थिए।

त्यसपछि ज्याक्सन काउन्टी सर्किट कोर्टले यसलाई सदर गरेको थियो। तर गाइकोले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्‍यो। बिहीवार तीन न्यायाधीशहरूको इजलासले बीमा कम्पनीले आफ्नो हितको प्रति’र’क्षा गर्न नसकेको भन्दै तल्लो अदालतको फैस’ला सदर गर्‍यो।

‘गाइको उसलाई दिइएको अवसरको फाइदा लिन असफल भयो। उसले आफ्नो बीमाले (क्षति) नबेहोर्ने कुरा मात्रै गर्‍यो र बीमितको रक्षा गर्न अस’फल देखियो,’ अदालतको फैसलामा भनिएको छ।

सीबीएसको मनीवाच कार्यक्रमलाई दिइएको वक्तव्यमा अमेरिकी सवारीसाधन बीमा कम्पनीले ‘सङ्घीय अदालतमा दायर गरिएको मु’द्दाले यस्तो कुराको लागि बीमाले समेट्ने वा नसमेट्नेबारे तय गर्ने’ बताएको छ। बीबीसीबाट

 




सम्बन्धित
Loading...