सलमान खानको वान्टेडको सिक्वेल आउँदै





नयाँ दिल्ली । सलमान खानको सुपरहिट फिल्म वान्टेड बक्स अफिसमा सुपरहिट साबित भएको थियो ।

उनका फ्यानहरुले लामो समयदेखियो फिल्मको सिक्वेलको प्रतिक्षा गरिरहेका छन् । सन् २००७ मा रिलिज भएको यो फिल्मलाई सलमान खानको करियरको उत्कृष्ट फिल्म मध्ये एक मानिन्छ । १७ वर्षपछि निर्देशकले यो सुपरहिट चलचित्रको सिक्वेल बनाउने निर्णय गरेका छन् ।


वान्टेडका निर्देशक बोनी कपूरले न्यूज १८ सँगको कुराकानीमा सलमान खानसँग ‘वान्टेड’को सिक्वेलबारे कुराकानी भएको बताएका छन् । तर, फिल्मको काम कहिले देखि सुरु हुन्छ भन्ने चाँहि टुंगो लागेको छैन ।

सलमानले यो फिल्म खेल्छु भनेर वाचा पनि गरिसकेको बताइएको छ । फिल्मको स्क्रिप्ट फाइनल भएको छैन । स्क्रिप्ट फाइनल भएपछि यसमा उनले हिस्सा लिने बताइएको छ । बोनी कपुरले यो सिक्वेल छिट्टै बन्ने आशा व्यक्त गरेका छन् ।




सम्बन्धित
Loading...