सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय





काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार १५० सय रुपैयाँ रहेको छ ।


त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।




सम्बन्धित
Loading...